Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारबाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग

बाढी पीडितका लागि शिक्षादीपको साढे १२ लाख सहयोग


१७ भदौ, विराटनगर । भोटेकोशी बाढी प्रभावितका लागि विराटनगरको शिक्षादीप कलेजले १२ लाख ५१ हजार सहयोग गरेको छ । बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको हो ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष भीम पराजुली र विद्यार्थीले सहयोग रकमको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

बाढी प्रभावितका लागि कलेज र विद्यार्थीको पहलमा राहत सहयोग गरिएको अध्यक्ष पराजुलीले बताए ।

“साभार : अनलाइनखबर”



तपाईको प्रतिक्रिया