प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी
काठमाडौँ, १० जेठ : बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आज राष्ट्रिय साहित्यिक विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा जेनजी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर उद्घाटित सम्मेलनमा नेपाली प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे छलफल भएको छ ।
सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेलद्वारा प्रस्तुत ‘प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा प्रलेसले नेपालको राजनीतिक परिवर्तनको कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप र साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम गरेको बताउनुभयो ।
उहाँले वैचारिक सुदृढीकरण, साहित्यिक सृजना, समीक्षा, प्रकाशन, सङ्गठन, सङ्घर्ष, स्रष्टा हकहित र फरकफरक वाम समूहमा रहेर पनि प्रलेसभित्रको ऐक्यबद्धतामा जोड दिनुभयो । प्रलेसका सल्लाहकार डा विदुर चालिसेले ‘बूढानीलकण्ठ नगरपालिका ः प्रगतिशील साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकामा कविता वाचन, पुस्तक विमोचन र साहित्यिक सम्मेलनहरू नियमित हुन थालेको बताउनुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले कला, साहित्य र संस्कतिका क्षेत्रमा आफूहरूले सहकार्य बढाउने बताउनुभयो । सङ्घका अध्यक्ष डा देवी क्षेत्री दुलालले नयाँ पुस्ताको सहभागितालाई सशक्त बनाउँदै प्रगतिशील साहित्यको अनुसन्धान तथा अभिलेखकीकरण कार्यलाई व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
ताजा अपडेट
- मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन
- मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- चुरियामाई सुुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
- उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट
- फरार अभियुक्त १८ वर्षपछि पक्राउ
- डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया