नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी, १० जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताउनुभएको छ । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक भूराजनीतिक विषयक अन्तक्र्रियामा उहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक, आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो ।
विश्व परिवेश तीव्र रूपमा परिवर्तन भइरहेका बेला नेपालले सन्तुलित कूटनीतिक अपनाउँदै आर्थिक, सामाजिक र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने जोड दिँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राष्ट्रिय हितको संरक्षणका लागि सम्पूर्ण नेपाली एकताबद्ध हुनु अपरिहार्य छ ।
फाउन्डेसनका अध्यक्ष दुर्गाप्रसाद तिमिल्सिनाले नेपालको स्वतन्त्रताको आन्दोलनमा गणेशमान सिंहले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो । व्यक्तिगत स्वार्थको पछि नलागी सिंहले गर्नुभएको त्याग र समर्पण भावी पुस्ताका लागि पनि प्रेरक भएको उहाँको भनाइ छ ।
बुद्धछिरिङ मोक्तान र आनन्दराज मुल्मीले लौहपुरुष गणेशमान सिंहले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा पुर्याउनुभएको अतुलनीय योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका राजनीतिक, सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको फाउन्डेसनका गण्डकी प्रदेशका सदस्य कुमार रानाले जानकारी दिनुभयो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया