जलेश्वर (महोत्तरी), १० जेठः महोत्तरीमा घटना सुजिता ठाकुर हत्याकाण्डका १३ आरोपीमध्ये १० जनालाई अदालतले सफाइ दिइएको छ । विसं २०७८ मा लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरलाई आफ्नै देवर, ससुरालगायतले हत्या गरेर महिना दिनसम्म बेपत्ता पारेको अवस्थामा प्रहरीले शौचालयको सेफ्टी ट्याङ्कीबाट शव बरामद गरेको घटनाका आरोपीमध्ये १० जनालाई पाँच वर्षपछि महोत्तरी जिल्ला अदालतले सफाइ दिएको छ ।
महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधिश तीर्थराज केसीको इजलासले सो मुद्दामा १० जनालाई सफाइ दिने आदेश दिनुभएको हो । व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा आरोपीहरुमध्ये कामेश्वर पाण्डे, अञ्जुकुमारी चौधरी, मोहमद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतोलाई अदालतले सफाइ दिएको हो ।
आरोपीहरु उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तवी गरिएको श्रेस्तेदार पोखरेलले जानकारी दिनुभयो । मृतक सुजिताका देवर रुपेश ठाकुरलाई महोत्तरी जिल्ला अदालतले जन्मकैदको सजाय, हकवालालाई क्षतिपूर्तिवापत रु ५० हजार भराइ दिने तथा पीडित राहत कोषमा रु दुई हजार ८०० दाखिला गर्ने आदेश दिइएको छ ।
विसं २०७८ जेठ २० गते राति लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँका मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुरलाई देवर रुपेश ठाकुरसहितका व्यक्ति मिलेर हत्या गरेर सुरुमा घरकै फ्रिजमा, त्यसपछि गाउँकै मनरहिया वनमा खाल्डो खनेर गाडेको र त्यसपछि त्यहाँबाट विभिन्न व्यक्तिको सहयोगमा शव निकालेर पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा राखेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया