बागमती, १५ जेठः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच र राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले नै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश गणतन्त्र मूलसमारोह समितिद्वारा आज आयोजित कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व भएको बताउनुभयो ।
गणतन्त्र दिवसले सबैलाई आपसी सद्भाव, भ्रातृत्व र एकताको सूत्रमा बाँध्न थप ऊर्जा र प्रेरणा मिलोस् भनी कामना गर्दै प्रदेश प्रमुख देवकोटाले गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै नागरिकको दैनिक जीवनमा परिवर्तन ल्याउनु नै अहिलेको मुख्य उपलब्धि भएको बताउनुभयो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई थप सुदृढ बनाउँदै समाजमा रहेका विभेद, उत्पीडन र असमानताको अन्त्य गर्न आवश्यक गर्दै उहाँले मुख्यमन्त्री बानियाँले प्रदेश सरकार न्यायमुखी, जनतामुखी तथा सेवामुखी शासन प्रणालीमार्फत नागरिकको जीवनस्तर सुधार गर्न काम गरिरहेको बताउनुभयो ।
बागमती प्रदेश सरकार समावेशी तथा समानुपातिक विकासप्रति प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री बानियाँले तीनै तहका सरकारबीच सहकार्य र समन्वयमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि प्रयास भइरहेको बताउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष रामहरी कार्की तथा पत्रकार पोष्टराज अधिकारी, सुनिता विष्ट र युवराज श्रेष्ठलाई जनही रु ५० हजार नगदसहित ‘प्रदेश संस्थागत विकास पत्रकारिता’ पुरस्कार प्रदान गरिएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया