कीर्तिपुर (काठमाडौँ), १८ जेठः प्रथम सुवर्णशमशेर स्मृति क्रिकेट लिग प्रतियोगिताको उपाधि पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले हात पारेको छ । कीर्तिपुरस्थित लेबोरटरी स्कुलमा आज सम्पन्न फाइनलमा पल्सर सिइसीले एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीलाई नौ विकेटले हराउँदै उपाधि प्राप्त गरेको हो । फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको एन्जल्सले निर्धारित १५ ओभरमध्ये ३.१ ओभरमा नै सबै विकेट गुमाएर ३५ रन जोडेको थियो । एन्जल्सको ब्याटिङलाइ चुनौती दिँदै पल्सरका आयुष्मान कटुवालले ३.१ ओभरमा पाँच विकेट लिएका थिए ।
सहज लक्ष्यका लागि जवाफी ब्याटिङमा उत्रिएको पल्सरले तीन ओभरमा एक विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो । उपाधि पल्सर सिइसीले कपसहित रु एक लाख प्राप्त ग¥यो भने उपविजेता एन्जल्सले रनर अप कपसहित रु ५० हजार नगद लिन सफल भएकोे छ । प्रतियोगिताका चार खेलमा सर्वाधिक २०६ रन बनाएका पल्सरका सन्दीप साउदले ‘प्लेयर अफ दी टुर्नामेन्ट’ र उत्कृष्ट ‘ब्याटर’को पनि पुरस्कार पाएका छन् । त्यस्तै, ११ विकेट लिएका टोलीका ज्ञानदीप अर्यालले उत्कृष्ट बलर तथा हिमालयन क्रिकेट एकेडेमीका भावेश खड्काले ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’को पुरस्कार पाएका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्न यसअघि भएको सेमिफाइनल खेलमा पल्सर सिइसीले हिमालयन क्रिकेट एकेडेमी (ए) लाई पाँच विकेटले हराएको थियो । त्यस्तै अर्को सेमिफाइनलमा एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमीले डिएभी क्रिकेट एकेडेमीलाई ९४ रनले हराएको थियो ।
गत जेठ १० गतेदेखि आइरिस इभेन्टको आयोजनामा कीर्तिपुरस्थित लेबोरटरी स्कुलको मैदानमा भएको उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न स्थानका १६ वटा क्रिकेट प्रशिक्षण संस्थाका १३ वर्षमुनिका क्रिकेट खेलाडी सहभागी थिए । आइरिस इभेन्टका अध्यक्ष जनक चन्दका अनुसार सानै उमेरदेखि क्रिकेटको जग बसाउन सबैभन्दा तल्लो उमेर समूहको प्रतियोगिता आयोजना गरिएको हो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया