थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु
म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा विस्फोट हुँदा तीन जना म्यानमाका आप्रवासीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको थाई प्रहरीले बुधबार जनाएको छ । थाई अधिकारीहरू म्यानमाको करेन राज्यको विपरीत टाक प्रान्तमा विस्फोट भएको खबर प्राप्त भए पछि घटना स्थलमा पुगेको स्थानीय प्रहरी प्रमुख अनुसोर्न डुङ्कोङलाई उदृत गर्दै एएफपीले बताएको छ । आक्रमणमा तीन जनाको मृत्यु भएको छ, तिनीहरू सबै म्यानमाका आप्रवासी कामदारहरू रहेको प्रहरीले पुष्टि गरेको छ । हुनु दुई देशको सीमामा रहेको रूखमा ठोक्किएर ड्रोन विस्फोट हुदाँ नजिकैको खेतमा काम गर्ने मजदुरहरूको मृत्यु भएको अनुसोर्नले बताउनु भएको छ ।
आक्रमणमा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको उहाँले बताउनु भएको छ । सन् २०२१ को विद्रोहमा सेनाले सत्ता कब्जा गरे देखि म्यानमाका सशस्त्र सेनाहरू प्रजातन्त्र समर्थक गुरिल्ला र शक्तिशाली जातीय–अल्पसंख्यक सशस्त्र समूहहरूसँग लडिरहेका छन् ।
म्यानमाको सीमावर्ती क्षेत्रमा विभिन्न जातीय–अल्पसंख्यक गुटहरूको वसोवास स्थल हो, जस मध्ये धेरैले सन् १९४८ मा बेलायतबाट देश स्वतन्त्रता भए देखि स्वायत्तता र आकर्षक प्राकृतिक स्रोतहरूको नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् । सैन्य र जातीय सेना दुवैले युद्धमा ड्रोन प्रयोग गर्ने गरेको उल्लेख गर्दै थाई क्षेत्रमा विस्फोट भएको उक्त ड्रोन कुन पक्षले प्रक्षेपण गरेको थियो भन्ने बारे अझै स्पष्ट नभएको जनाएका छन् । विद्रोही गुटहरूले राज्यको धेरै भाग नियन्त्रणमा राखेका छन् भने मङ्गलबार सेनासँग भएकोे लडाइँले म्यानमाका धेरै मानिसहरूलाई सीमा पार गरेर थाइल्यान्डमा पलायन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया