धनुषा, २० जेठः दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश स्थानमा एक सातादेखि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढेकाले यहाँको जनजीवनमा नकारात्मक प्रभाव बढ्न गइ ‘लु’ को महामारी फैलिनसक्ने जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले सचेत गराएको छ । ‘लु’ का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, बान्ता हुनेलगायत जोखिम निम्तन सक्छ । प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा दिग्विजय ठाकुरले ‘लु’ बाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिँडडुल नगर्न, हलुका लुगा लगाउन, घर बाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिनुभएको छ ।
मधेसमा अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुहरुको जनजीवनसमेत कष्टकर बनेको छ । सहरी क्षेत्रमा भने मानिसको चहलपहल निकै कम देखिन्छ । दिउँसोका समयमा घरबाहिर निस्किएर काम गर्न मुस्किल भइरहेको सर्वसाधारणले बताएका छन् ।
जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष समयमा नै मनसुनी वर्षा हुने सम्भावना कम देखिएको बताउनुभयो । झाले जेठ १८ देखि असोज १३ सम्मको अवधिलाई मनसुनी समय स्वीकारेको भए पनि अहिले जेठ महिना सकिन लाग्दासमेत उखरमाउलो गर्मी छ भन्नुभयो ।
गर्मीको समयमा पानीको कमीका कारण एलर्जीको समस्या धेरैमा हुने गर्छ । शरीरमा पानी कमी भयो भने शरीरबाट विषाक्त पदार्थ बाहिर आउन सक्दैन । डा ठाकुरले गर्मीबाट जोगिन तिर्खा नलागे पनि दिनको आठ गिलास पानी पिउन सुझाव दिनुभएको छ । ठाकुरले पानीका कमीले शरीरमा डिहाइड्रेशनको समस्या आउनसक्ने बताउँदै पानीको पिउनुको सट्टा बियर, कफी, सोडाजस्ता पेयपदार्थ झनै हानिकारक हुने बताउनुभयो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया