चितवन, २१ जेठः डिभिजन वन कार्यालय चितवनले चालु आर्थिक वर्षमा एक लाख क्युफिट काठ निकाल्ने भएको छ । कार्यालयले ढलेका, सुकेका (सुख्खड खडा र ढलापडा) लगायत काठ निकाल्ने तयारी गरेको हो । कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले आगामी असारभित्रमा काठ सङ्कलन गरी बिक्री गर्ने तयारी गरिएको बताउनुभयो ।
कार्यालयअन्तर्गत रहेको वरण्डाभार वन क्षेत्रबाट काठ निकाल्न लागिएको हो । वरण्डाभार क्षेत्र १० हजार ३०२ हेक्टर रहेको उहाँले जानकारी दिनुभयो । वन कार्यालयले वरण्डाभार वन क्षेत्रबाट एक लाख क्युफिट काठ सङ्कलन गरेपछि केही काठ बिक्रीका लागि वन निगमलाई दिइने प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालिस लाख क्युफिट काठ वन निगमलाई दिन्छौँ, बाँकी हामीले बिक्री गर्छाैं ।” गत वर्ष एक लाख २० हजार क्युफिट काठ निकालिएको थियो ।
यसैगरी, कार्यालयले जोखिमयुक्त स्थानका रुख पनि कटान गर्दैछ । प्रमुख आचार्यका अनुसार मानवीय र भौतिक क्षति हुनसक्ने ठाउँको पहिचान गरी रुख कटान गरिने छ । देवघाट जाने सडकका २५ वटा कटान गरिसकिएको जनाउँदै उहाँले भरतपुरबाट कालिका नगरपालिका जाने दुई वटा सडक किनारका र पूर्वपश्चिम राजमार्गको टिकौली जङ्गलको जोखिमपूर्ण रुख कटानको तयारी गरिएको बताउनुभयो । प्रमुख आचार्यका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालय नजिक नहरमा रहेका सुकेका सिसौका रुख पनि कटान गर्ने तयारी गरिएको छ ।
उहाँले भन्नुभयो, “जङ्गल क्षेत्रभित्र रहेको भए तापनि बाटोको जोखिम, टेलिफोनको जोखिम, बिजुलीको जोखिम र हवाई जोखिम यी चार वटा जोखिम भएका स्थानका रुख कटान गरिन्छ ।” सरकारी कार्यालयमा हुनसक्ने जोखिम मध्यनजर गर्दै आसपासका रुख पनि कटान गरिँदै छ । सशस्त्र प्रहरी कार्यालय आँपटारी र प्रहरी तालिम केन्द्रमा पनि केही रुख काटिँदैछ । वन क्षेत्रमा रहेका भूमिहीन तथा सुकुमवासी बस्तीका रुखहरु भने जोखिम भए पनि काट्न नमिल्ने प्रमुख आचार्यको भनाइ छ ।
भरतपुरतर्फको देवघाट क्षेत्र, आँपटारी, गणेशस्थानलगायत क्षेत्रमा रुखहरू जोखिमपूर्ण भए पनि कटान गर्न नमिल्ने प्रमुख आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “लालपुर्जा नभएका क्षेत्रमा जोखिम भए पनि रुख काट्ने जोखिम लिन सक्दैनौँ । सरकारले निर्णय गरेर आयो भने गर्न सक्छौँ, नत्र सकिदैँन ।”
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया