मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
काठमाडौँ, २२ जेठः अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै समुद्री स्रोतको दिगो संरक्षणमा जोड दिन आज विश्वका विभिन्न मुलुकमा ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तरराष्ट्रिय दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जुन ५ मा मनाइने यस दिवसको उद्देश्य समुद्री जैविक विविधता, खाद्य सुरक्षा तथा मत्स्य स्रोतको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको अवैध, अप्रमाणित तथा अनियमित माछा मार्ने गतिविधिविरुद्ध विश्व समुदायको ध्यानाकर्षण गराउनु हो ।
यो दिवसको सुरुआत सन् २०१५ मा राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) अन्तर्गतको भूमध्यसागरीय क्षेत्रीय मत्स्य आयोगको प्रस्ताव सन् २०१७ जुलाईमा महासभाले स्वीकृत गरेपछि भएको हो । एफएओका अनुसार मत्स्य समितिले जुन ५ लाई ‘अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध अन्तर्राष्ट्रिय दिवस’का रूपमा घोषणा गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । जुन ५ मा ‘पोर्ट स्टेट मेजर्स एग्रिमेन्ट’ अन्तरराष्ट्रिय सन्धिका रूपमा औपचारिक रूपमा लागू भएको दिनको स्मरणमा चयन गरिएको हो ।
महासभाले सोही प्रस्तावमार्फत सन् २०२२ लाई ‘साना स्तरका मत्स्य व्यवसाय तथा जलकृषि अन्तरराष्ट्रिय वर्ष’का रूपमा पनि घोषणा गरेको थियो। यस पहलले विश्वभरको मत्स्य क्षेत्रमा कार्यरत करिब ९० प्रतिशत माछा मार्ने समुदाय र महिलाको योगदानलाई उजागर गर्न सहयोग पुगेको थियो । राष्ट्रसङ्घका अनुसार अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनले समुद्री पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्नुका साथै कानुनी रूपमा मत्स्य व्यवसाय सञ्चालन गर्ने समुदायको जीविकोपार्जन र विश्व खाद्य सुरक्षामा चुनौती बढाएको छ । त्यसैले समुद्री स्रोतको संरक्षण, दिगो उपयोग तथा भावी पुस्ताका लागि सुरक्षित राख्न अन्तरराष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउन दिवसले प्रेरित गर्ने विश्वास एफएओले व्यक्त गरेको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया