मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा बलियो रूपमा बढेको छ । मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात गत वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले वृद्धि भएको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ । चीनको भन्सार प्रशासन (जीएसी) का अनुसार मे महिनाको निर्यात वृद्धिदर अप्रिलको १४.१ प्रतिशतबाट थप उकालो लाग्दै १९.४ प्रतिशत पुगेको हो ।
अर्थशास्त्रीहरूले ब्लुमबर्गमार्फत गरिएको सर्वेक्षणमा १५ प्रतिशत वृद्धि हुने अनुमान गरेका थिए । वास्तविक तथ्याङ्क त्यो अनुमानभन्दा उल्लेख्य रूपमा माथि देखिएको छ । त्यसैगरी, चीनको आयात पनि बलियो रह्यो । मे महिनामा आयात वार्षिक आधारमा २७.४ प्रतिशतले बढेको छ । यो वृद्धि दर पनि ब्लुमबर्गको २६ प्रतिशतको पूर्वानुमानभन्दा उच्च रहेको छ । आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबुत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्त्वपूर्ण सहारा बनेको सङ्केत गरेको छ । विशेषगरी संयुक्त राज्य अमेरिकातर्फको निर्यात उल्लेखनीय रूपमा बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेन्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात एक वर्षको अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको जीएसीले जनाएको छ । तथ्याङ्कअनुसार अमेरिकामा चीनको निर्यात मे महिनामा ३९ अर्ब अमेरिकी डलर पुगेको छ । गत वर्षको सोही महिनामा यो रकम २८ अर्ब ८० करोड डलर थियो । त्यतिबेला ट्रम्प प्रशासनको व्यापार नीतिका कारण दुवै देशबीचको व्यापारिक गतिविधिमा दबाब परेको थियो । निर्यातमा आएको यो वृद्धि चीनको अर्थतन्त्रका लागि सकारात्मक सङ्केत मानिएको छ ।
चीनले लामो समयदेखि उत्पादन र निर्यातमा आधारित वृद्धिको मोडललाई विस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ । तर अपेक्षाअनुसार आन्तरिक माग बलियो बन्न नसक्दा बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख आधार बनेको छ । यद्यपि चुनौतीहरू कायम छन् । कमजोर घरेलु माग, मध्यपूर्व द्वन्द्वका कारण बढ्दो ऊर्जा लागत तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थामा देखिएका अवरोधले आर्थिक गतिविधिमाथि दबाब सिर्जना गरिरहेका छन् । आधिकारिक तथ्याङ्कले दुई महिनाको विस्तारपछि मे महिनामा चीनको उत्पादन क्षेत्रको गतिविधि लगभग स्थिर अवस्थामा पुगेको देखाएको छ ।
ऊर्जा तथा रासायनिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थको मूल्य बढ्दै जाँदा कारखानाहरूको उत्पादन लागत पनि बढिरहेको छ । ढुवानीमा देखिएका समस्या र आपूर्ति शृङ्खलामा परेको असरका कारण उत्पादन क्षेत्रले थप चुनौती सामना गरिरहेको विश्लेषकहरूले बताएका छन् । यद्यपि यी चुनौतीका बीच निर्यात र आयात दुवै क्षेत्रमा देखिएको अपेक्षाभन्दा राम्रो प्रदर्शनले चीनको बाह्य व्यापार अहिले पनि विश्व आर्थिक अनिश्चितताबीच तुलनात्मक रूपमा मजबुत रहेको सङ्केत दिएको छ ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया