Techie IT
  • शुक्रबार, साउन १, २०८३ / Saturday, July 18, 2026
गृहपृष्ठसमाचारआगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट


राजविराज (सप्तरी), २६ जेठः सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् । स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि निजसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीयवासी मनोज मेहताले जानकारी दिनुभयो । आगलागीको कारण खुलेको छैन भने यसबाट करिब रु २५ लाखको क्षति भएको उहाँले बताउनुभयो ।

स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया