खोटाङ, ३१ जेठः जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत हुनुभएको हो । पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभयो ।
गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ । गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी मावि बोपुङका छात्रा दीपशिखा राई र ३.३२ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका सुनिल कटवाललाई जनही रु १० हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।
यस्तै, जिल्लास्तरीय परीक्षा (डिएलइ)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने तीन विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ । डिएलइमा ३.६२ जिपिएर ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माविकी ग्रिष्मा राई र ३.६ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका अविनाश राई, चिसापानी नमूना माविका छात्र संयोग पोखरेललाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृत्ट अङ्क ल्याएर परक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख अरुणादेवी राई, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुराइँले पुरस्कृत वितरण गर्नुभयो ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया