Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारपाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश पिर्ता

पाकिस्तानको जेलबाट रिहा भएका अफगान कैदीहरू स्वदेश पिर्ता


पाकिस्तानमा कैद जिवन विताइ रहेका ४८५ जना अफगान नागरिकहरू रिहा भएर आफ्नो मातृ भूमि फर्केको अफगानिस्तानका मिडियाले बिहीबार रिपोर्ट गरेका छन् । परिवार र व्यक्तिहरूसहित पूर्व बन्दीहरूलाई अवैध प्रवास र आवासीय अनुमतिको अभाव लगाएतका आरेपमा जेल हालिएको जनाइएको छ ।

आफ्नो देश फर्केने क्रममा सीमा क्षेत्रमै आवश्यक सहयोग प्राप्त गरे पछि उनीहरूलाई आ–आफ्नो प्रान्तमा सारिएको मिडियाले जनाएका छन् ।

यसअघि पाकिस्तानले जेलबाट रिहा गरेका ७६३ जना अफगान कैदी सप्ताहन्तको अवधिमा अफगानिस्तान फर्केको जनाइएको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट