नेपालगन्ज, ४ असारः प्रहरीले बाँकेमा एक महिनाको अवधिमा ७७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका प्रतिवादीमध्ये खोज तलासका क्रममा गत जेठ महिनामा ७७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरिएका फरार प्रतिवादीबाट रु एक करोड ५९ लाख २३ हजार २७४ जरिवानासमेत असुल गरिने भएको छ ।
प्रतिवादीबाट १४ वर्ष एकमहिना तीन दिनको कैद भुक्तानी गराइने राठौरको भनाइ छ । अदालतले सजाय तोके पनि लामो समयदेखि फरार रहेका व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सरकारको नीतिअनुसार लुकेर बसेका प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको उहाँले बताउनुभयो ।
केही वर्षदेखि जिल्लामा निरन्तर रुपमा चलिरहेको फरारलाई पक्राउ गर्ने अभियानअन्तर्गत हरेक महिनामा २५ देखि ८० जना हाराहारीमा फरारलाई पक्राउ गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतबाट फैसला भएर सजाय तथा जरिवाना पाएकाले अझै पनि आफैँ अदालतसमक्ष पुगेर अदालतको फैसलाको सम्मान नगरेको हुँदा उनीहरूको खोजी भइरहेको छ ।
फरार प्रतिवादी खोजीका लागि विशेष टोली नै गठन गरेर उनीहरूको खोजी कार्य नियमित रुपमा भइरहेको बताइन्छ । जेठ महिनामा कुल १५९ वटा मुद्दा दर्ता गरिएकामा जघन्य अपराधका १४, गम्भीर अपराधका ५२ र बाँकी सामान्य अपराधका मुद्दा रहेका थिए । यीमध्ये महिला तथा बालबालिकासम्बन्धी १३ र ज्येष्ठ नागरिकसम्बन्धी १४ तथा आर्थिक अपराधसम्बन्धी ३४ मुद्दा रहेका छन् ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया