युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी
इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविरामको समयमा पनि दक्षिणी लेबनानमा हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने जनाएको छ । आईडीएफका प्रवक्ता ब्रिगेडियर जनरल एफी हेजबुल्लाहले गरेको पछिल्लो आक्रमणमा चार इजरायली सैनिकहरूको मृत्यु भएको घटना इजरायली पक्षले “स्वीकार गर्न सक्ने“ वास्तविकता नभएको बताउनु भएको छ ।
आईडीएफले थप खतराहरू रोक्न दक्षिणी लेबनानमा आफ्नो कारबाही जारी राख्ने कुरामा जोड दिएको छ । प्रवक्ता डेफ्रिनले इजरायलले थप तनावको लागि पर्खन नसक्ने कुरामा जोड दिँदै तत्कालका खतराहरू हटाउन, हेजबुल्लाहको उल्लङ्घनको जवाफ दिन र नागरिकको सुरक्षाका लागि आवश्यक कार्वाहि जारी राख्ने जनाउनु भएको छ । हेजबुल्लाहले दक्षिणी लेबनानमा सक्रिय इजरायली सेना माथि आक्रमण गरे पछि प्रतिक्रीया स्वरुप भएको आक्रमणमा चार सैनिकको मृत्यु भएको थियो । डेफ्रिनले हेजबुल्लाहले पछिल्लो समयमा युद्धविरामको उल्लङ्घन गरी नागरिक र सैन्य कर्मचारीलाई लक्षित गरी “सयौं ड्रोन र रकेट आक्रमण गरेको जनाउनु भएको छ ।
लेबनानमा विद्रोही समूहले युद्धविराम उल्लङ्घन गरी ड्रोन आक्रमण गरे पछि दक्षिणी लेबनानमा आइडिएफ ट्याङ्क बटालियनका कमान्डर र अन्य तीन सैनिकको मृत्यु भए पछि इजरायली सेनाले बेका उपत्यकामा हेजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेर जवाफ दिएको जनाइएको छ । आक्रमणको केही समय पछि, यस क्षेत्रमा तनाव कम गर्ने प्रयास स्वरुप इजरायल र हेजबुल्लाह बीच नयाँ युद्धविराम सम्झौता भएको जनाइएको छ । सिएनएनले वार्तासँग परिचित धेरै स्रोतहरूलाई उद्धृत गर्दै इजरायल र हेजबुल्लाहले युद्धविराम पुनस्र्थापित गर्ने सम्झौतामा पुगेको जनाएको छ ।
स्रोतहरूलाई उदृत गर्दै सिएनएनले यो सम्झौता संयुक्त राज्य अमेरिका र कतारको सयुक्त मध्यस्थता प्रयास मार्फत भएको थियो । दुई पक्षबिच युद्धविरामको घोषणा भएको केही क्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा विद्रोही समूहसँग इजरायली पक्षलाई युद्धविराममा सहमत हुन आग्रह गरेको बताउनु भएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया