Techie IT
  • आईतबार, साउन ३, २०८३ / Sunday, July 19, 2026
गृहपृष्ठसमाचारआँखा अस्पतालमा बिरामी बढे

आँखा अस्पतालमा बिरामी बढे


जनकपुरधाम, ३ साउन: तापक्रम वृद्धिभएसँगै यहाँस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन् ।



तपाईको प्रतिक्रिया