भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
चितवन, ३ साउनः चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनःनियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो । अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स-रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स-रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।
सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय गरी सिटी स्क्यान सेवालाई निरन्तरता दिँदै आएको थियो । अस्पतालका अनुसार दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन् । यसैबीच, अस्पतालले दूरबिन (ल्यापारोस्कोपिक) तथा चिरफार (ओपन) विधिबाट गरिने पित्तथैली निकाल्ने शल्यक्रिया (कोलेसिस्टेक्टोमी) को पालो व्यवस्थापनमा पनि परिवर्तन गरेको छ ।
अस्पतालका प्रवक्ता एवं सहप्राध्यापक डा रामप्रसाद सापकोटाका अनुसार तोकिएको समयभन्दा अगावै शल्यक्रिया सम्पन्न गराउने उद्देश्यले शल्यक्रियाको तालिका हेरफेर गरिएको हो । विसं २०८३ को माघ महिनाभन्दा पछाडिको मितिमा शल्यक्रियाको पालो पाएका सेवाग्राही तथा बिरामीलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँले अस्पतालसँग सम्पर्क गरी नयाँ शल्यक्रियाको मिति सुनिश्चित गर्न सम्बन्धित बिरामीलाई आग्रह गर्नुभयो ।
ताजा अपडेट
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
- कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया
- इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
- यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
- घरजग्गा कारोबारः कुन महिनामा कति उठ्यो राजस्व
- बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया