जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने
काठमाडौँ, ३ साउनः सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ । देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनुभयो । “जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने सम्भावना भएका जिल्लामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका थियौँ”, निमित्त कार्यकारी प्रमुख कोइरालाले भन्नुभयो, “आज पनि मौसम र सडकको वास्तविक अवस्था मूल्याङ्कन गरेरमात्रै सवारी सञ्चालन खुला गरिनेछ ।
निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ । जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ । प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएरमात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।
ताजा अपडेट
- सुदूरपश्चिमका सबैजसो जिल्लामा वर्षा, सबैभन्दा बढी बेलौरीमा
- सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
- मानव र प्रकृतिलाई केन्द्रमा राखेर विकास निर्माण गर्नुपर्छः राष्ट्रपति पौडेल
- नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
- कुतियाकवरवासी: डुङ्गा हुँदै पुल तरे, तर हटेन बाढीको त्रास
- प्रक्षेपणअनुसार बाढीको खतरा छैन : विभाग
- भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनःसञ्चालन
- नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया