पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
चितवन, ४ साउनः पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ । धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।
आज बिहान खसेको पहिरो पन्छाएर ९ः३० बजेदेखि सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पन्छाए पनि गाडी सञ्चालन हुन भने सकेको छैन । चितवनतर्फका गाडीलाई चुम्लिङटार, कुरिनटार र मुग्लिनमा रोकिएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन् । स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने जनाउँदै गएरातिदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो । गए रातिबाट रोकिएका सवारीसाधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया