च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
महेन्द्रनगर, ४ साउनः कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १७ जनामध्ये तीन जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाँटा निकुञ्जभित्र जङ्गलमा यहाँको बेल्डाडी गाउँपालिका–२ का लक्ष्मी थापामगर, सीता चौधरी र मञ्जु राना क्षेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ । तीन जनालाई निकुञ्जभित्रको लल्लेरी पोष्टबाट करिब चार किलोमिटर टाढाको दूरीमा सेनाले फेला पारेको हो ।
सेनाका अनुसार बेल्डाडीका तीनै जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । त्यसैगरी शुक्लाफाँटाभित्र अहिले भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेको १४ जना महिलाको समूह सम्र्पकविहीन छ । रणसिंह दल गणका अनुसार सम्र्पकविहीन महिलाहरुको खोजीकार्यका लागि ठूलो सङ्ख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ ।
बागफाँटा क्षेत्रबाट आइतबार दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले निकुञ्जभित्र सम्र्पकविहीन भएका महिलाहरुको खोजी भइरहेको जानकारी दिनुभयो ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया