Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारमन्दिरको जग्गा व्यक्तिको नाममा,एयरपोर्टको जग्गामा गडबडी

मन्दिरको जग्गा व्यक्तिको नाममा,एयरपोर्टको जग्गामा गडबडी


१७ भदौ, काठमाडौं । मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, रुपन्देहीका प्रमुख कुमार आचार्यसहित पाँच जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाधनीले हदबन्दी लागेको जग्गा मन्दिरलाई दान गरेको, २०२६ सालको नापीमा मन्दिरकै देखिएको जग्गा व्यक्तिका नाममा दर्ता गरेको भनी अख्तियारले उनीहरूमाथि चार करोड ५३ लाख रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन प्रमुख मालपोत अधिकृत आचार्यसहित नासु लक्ष्मण न्यौपाने र अजितकुमार सहनी, खरिदार मेघबहादुर भुजेल मगर र जग्गाधनी पर्वतकान्त मिश्रमाथि मुद्दा चलाएको छ ।

आचार्य यसअघि पनि पटकपटक विवादमा परेका मालपोत अधिकृत हुन् । भक्तपुर मालपोतमा हुँदा २४ लाख रुपैयाँ घुस खाएको आरोप खेपेका उनले भैरहवा अन्तराष्ट्रिय विमानस्थलको जग्गा पनि व्यक्तिको नाममा दर्ता गर्ने प्रयास गरेका थिए ।

साभार : अनलाइनखबर

 



तपाईको प्रतिक्रिया