Techie IT
  • बुधबार, भदौ १७, २०८३ / Wednesday, September 2, 2026
गृहपृष्ठसमाचारउद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड

उद्धारमा सेना परिचालन भयो, जनपरिचालन भएन : प्रचण्ड


१७, भदौ, काठमाडौं । प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान असम्भव हुने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समस्या समाधानका लागि जनपरिचालन गर्न सरकारलाई पटक–पटक ध्यानाकर्षण गराएको पनि बताए ।

‘सेना परिचलान भयो, जनपरिचालन भएन,’ प्रचण्डले भने, ‘जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान असम्भव जस्तै हुन्छ भनेर पनि मैले भनेँ । यो कुरा सरकारमा भएका मन्त्रीहरू र रास्वपाका नेताहरूलाई पनि आफूले भनेको उनले बताए ।

महाविपत्तिको सामना गर्नको लागि तीन तहका सरकार, जनप्रतिनिधि, नागरिक समाज, आमजनतालाई विश्वासमा लिएर परिचालन गर्नपर्ने भएपनि नगरिएको उनले बताए । ‘सेना परचालनसँगै जनपरिचालन जोडिएन भने केन्द्रीय सरकारसँगै प्रादेशिक र स्थानीय सरकार जोडिएन भने यो समस्याको मसाधान कठिन हुन्छ भन्ने कुरा मैले पटक पटक भनेको थिएँ,’ प्रचण्डले भने ।

उनले बाढी प्रभवित क्षेत्रमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा पनि गरे । ‘प्रधानमन्त्री र मन्त्री सक्रिय भएर जाने आउनेमा त देखियो । सेनाले गरेको काम पनि देखियो,’ उनले भने, ‘सेनाले धेरै जोखिम उठाएर उद्धारमा, राहतमा खोलेको भूमिका देखियो । उहाँहरूलाई हामी सबैले धन्यवाद नै भनेको छौं ।

साभार : अनलाइनखबर



तपाईको प्रतिक्रिया

ताजा अपडेट