एनपिएल क्रिकेट: चार टाेली मैदानमा उत्रने
काठमाडौं,१२ मंसिर: राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन्।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान पौने १२ बजे पहिलो खेलमा चितवन राइनाेज र काठमाडौं गाेर्खाज भिड्दा अपरान्ह ४ बजे कर्णाली याक्स र विराटनगर किङस प्रतिस्पर्धा गर्नेछन् ।
चितवन तीन खेलबाट चार अंक जाेड्दै अंकतालिकाकाे तेस्रो स्थानमा छ। आजकाे खेल जितेर चितवन प्लेअफकाे आफ्नाे बाटाे फराकिलाे बनाउन चाहन्छ।
काठमाडौंले भने चारमा दुईमा मात्रै जित निकालेकाे छ। आजकाे खेल नजिते काठमाडौंलाई प्लेअफ पुग्न निकै कठिन हुने देखिन्छ ।
यस्तै दाेस्राे खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।
तीन खेलबाट दुई अंक जाेडेकाे कर्णालीलाई प्लेअफकाे यात्रामा बसिरहन आजकाे खेल जित्नै पर्ने दबाब छ।
अंकतालिकाकाे दाेस्राे स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जाेडेकाे छ।
आजकाे खेल जिते उसकाे प्लेअफकाे यात्रा सहज हुनेछ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया