Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठमुख्य समाचारआज मौसम: छैन बदलिकाे सम्भावना

आज मौसम: छैन बदलिकाे सम्भावना


काठमाडौं ।
आज मौसममा परिवर्तन नहुने तथा सफा रहने भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि पारिलो घाम लागेको छ । बेंसी तथा खोंचहरुमा भने कुहिरो लागेको छ ।

दिउँसोपख सबै ठाउँको मौसम घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।



तपाईको प्रतिक्रिया