Techie IT
  • शनिबार, वैशाख ५, २०८३ / Sunday, April 19, 2026
गृहपृष्ठखेलकुदएनपिएल: आज विश्राम,भाेलि दुई खेल हुने

एनपिएल: आज विश्राम,भाेलि दुई खेल हुने


काठमाडौं,१५ मंसिर
राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत आज विश्राम दिइएको छ।
भाेलि मंगलबार भने दुई खेल राखिएका छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बाेल्ट्स र चितवन राइनाेज भिड्दा अपरान्ह ४ बजे हुने दाेस्राे खेलमा पाेखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
लगातार चार खेल हारेर पुछारमा रहेकाे जनकपुरले याे खेल जितेर गणितीय हिसाबल भएपनि प्लेअफकाे दाैडमा कायम रहन चाहन्छ।
चार खेलबाट दुई खेल जितेकाे चितवन भने याे खेल जितेर प्लेअफकाे सम्भावना बलियाे बनाउन चाहन्छ।
अपरान्ह ४ बजे हुने दाेस्राे खेलमा पाेखरा र कर्णालीबीच भिडन्त हुनेछ।
दुबै टाेलीका लागि याे खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ।
चार खेलमा एक खेलमात्रै जितेकाे पाेखरालाई याे खेल जिते प्लेअफकाे यात्रामा पुग्न सहज हुनेछ ।
कर्णालीका लागि भने याे खेल गर या मरकाे अवस्थामा छ।
मंसिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। अपराजित सुदूरपश्चिम राेयल्स मात्रै १० अंक जाेडेर प्लेअफ पुग्ने पहिलाे टाेली बनेको छ।



तपाईको प्रतिक्रिया