मुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन
काठमाडौं ।
देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकमा पनि दुईतर्फी गाडी चलिरहेको छ ।
अस्ति बिहीवार राति पहिरो पन्छाएपछि खासै समस्या नदोहोरिएको मुग्लिन प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ । दशैँमा ओहोरदोहोर गर्ने यात्रुले सहज रुपमा यात्रा गरिरहेका ट्राफिक प्रहरीको भनाइ छ । तर बेलाबेला पानी परिरहेको र मुग्लिन–नारायणगढ लगायतका सडकमा सुक्खा बेला पनि पहिरो खस्ने जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यस्तै सडक विभागले काठमाण्डौ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । तोकिएको भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुने विभागले चेतावनी दिएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया