Techie IT
  • मंगलबार, साउन ५, २०८३ / Tuesday, July 21, 2026
गृहपृष्ठखेलकुदएनपिएल: लुम्बिनीले विराटनगरकाे सामना गर्ने

एनपिएल: लुम्बिनीले विराटनगरकाे सामना गर्ने


काठमाडौं,१७ मंसिर
दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)आज एकमात्र खेल हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा अपरान्ह ४ बजे सुरू हुने खेलमा विराटनगर किङस र लुम्बिनी लायन्स भिड्नेछन्।

सन्दीप लामिछानेको कप्तानीमा रहेकाे विराटनगरले पाँच खेलबाट आठ अंक जाेडेकाे छ। आजकाे खेल जितेर एक खेल अगावै प्लेअफ जित्ने लक्ष्य विराटनगरकाे हुनेछ।
यता राेहितकुमार पाैडेलले नेतृत्व सम्हालेकाे लुम्बिनीले भने पाँच खेलबाट दुई खेल मात्रै जितेको छ। प्लेअफकाे समभावना जीवित राख्न लुम्बिनीलाई आजकाे खेल जित्नुपर्ने दबाब छ।
जारी प्रतियोगितामा सुदूरपश्चिम राेयल्स प्लेअफ पुग्ने पहिलाे टाेली बन्दा बाहिरिनेमा कर्णाली याक्स रहेको छ।



तपाईको प्रतिक्रिया