काठमाडौं,१८ मंसिर: राजधानीमा जारी दाेस्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला,कीर्तिपुरमा बिहान ११:४५ बजे हुने पहिलाे खेलमा पाेखरा एभेन्जर्स र काठमाडौं भिड्दा अपरान्ह ४ बजे हुने दाेस्राे हुने खेलमा सुदूरपश्चिम राेयल्स र चितवन राइनाेज प्रतिस्पर्धा गर्नेछन्।
पाँच खेलबाट चार अंक मात्रै जाेडेकाे पाेखरालाई प्लेअफकाे सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ।
काठमाडौंले भने छ खेलबाट आठ अंक जाेडेकाे छ। लिग चरणको अन्तिम खेलमा जित निकालेर काठमाडौं प्लेअफमा सुरक्षित हुन चाहन्छ ।
अपरान्ह हुने दाेस्राे खेलमा प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफकाे बाटाेमा रहेकाे चितवन आमनेसामने हुनेछन्।
सुदूरपश्चिमले अपराजित रहेर १० अंकका साथ शिर्ष स्थानमा छ। आजकाे खेल जितेर सुदूरपश्चिम पहिलाे क्वालिफायरमा स्थान सुरक्षित गर्न चाहन्छ।
पाँच खेलबाट चार अंक जाेडेकाे चितवनलाई प्लेअफ आशाका लागि आजकाे खेलमा विजयी हुनैपर्ने बाध्यता छ।
मंसिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टाेली सहभागी छन्।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया