Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदमहिला टी-२० विश्वकप क्वालिफायर खेल्ने नेपालकाे प्रारम्भिक टोली घोषणा

महिला टी-२० विश्वकप क्वालिफायर खेल्ने नेपालकाे प्रारम्भिक टोली घोषणा


काठमाडौँ,१८ मंसिर
आईसीसी महिला टी-२० विश्वकपकाे ग्लोबल क्वालिफायर खेल्ने नेपालकाे प्रारम्भिक टोली घोषणा भएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले  बिहीबार २६ सदस्यीय महिला क्रिकेट प्रारम्भिक टोली घोषणा गरेको हो।

प्रारम्भिक टाेलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी परेका छन्।

टोलीले शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरू गर्नेछ ।
बन्द प्रशिक्षणपछि नेपालकाे अन्तिम टाेली घाेषणा हुनेछ ।
जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुने छन् ।

ग्लोबल क्वालिफायरमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्ड र पिएनजी अटाएका छन्।



तपाईको प्रतिक्रिया