Techie IT
  • बुधबार, फागुन २०, २०८२ / Wednesday, March 4, 2026
गृहपृष्ठखेलकुदएनपीएल: फाइनल पुग्न लुम्बिनी र विराटनगर खेल्दै

एनपीएल: फाइनल पुग्न लुम्बिनी र विराटनगर खेल्दै


काठमाडौं,२५ मंसिर: नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४ बजे सुरु हुनेछ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने माैका पाएकाे हाे।

लुम्बिनीले भने इलिमिनेटरमा काठमाडौं गाेर्खाजलाई ४ विकेटले हराएर दाेस्राे क्वालिफायरमा पुग्न सफल भयाे।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियाे। आज जित्ने टाेली फाइनलमा पुग्ने भएकोले दुबै टाेलीका लागि याे खेल महत्त्वपूर्ण छ।
विजयी टाेली उपाधिका लागि सुदूरपश्चिमकाे सामना गर्नेछ ।
फाइनल खेल मंसिर २७ गते हुनेछ ।



तपाईको प्रतिक्रिया