दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो
कञ्चनपुर । यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको भनाइ छ ।
हुस्सु र कुहिरोका कारण बिहानको समयमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ भइरहेको छ । बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता (भिजिबिलिटी) अत्यन्त कम हुने भएकाले सवारी चलाउन जोखिम बढेको छ । “अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ”, उनले भने ।
चिसोका कारण बिहानै विद्यालय जाने बालबालिका कठ्याङ्ग्रिने गरेका छन् । बाक्लो कुहिरो र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समस्या भएको अभिभावकको गुनासो छ । हुस्सु र कुहिरोले किसानलाई पनि असर गरेको छ । खेतबारीमा लगाइएका तरकारी बालीमा डढुवाको प्रकोप देखिन थालेको किसानले बताएका छन् । लालझाडीका किसान रामप्यारा चौधरीका अनुसार आलु र गोलभेडाखेतीमा डढुवाको समस्या देखिन थालेको छ । “लगातार हुस्सु र चिस्यानका कारण बालीमा रोग फैलिन थालेको छ”, उनले भने ।
चिसो बढेसँगै सर्वसाधारण बाक्लो लुगा नलगाइ बाहिर ननिस्कने अवस्था आएको छ । झलारीका स्थानीय रामबहादुर चुनाराका अनुसार अत्यधिक चिसोका कारण बिहान–साँझ घरबाहिर निस्कँदा बाक्लो लुगा लगाउनैपर्ने बाध्यता छ ।
स्वास्थ्य संस्थामा पनि चिसोका कारण बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या बढ्दो छ । “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित देखिएका छन्”, उनले भने ।
ताजा अपडेट
- जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु
- एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया