कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
सलमान खानद्वारा संचालित चर्चित रियालिटी शो ‘बिग बोस १९’ गीतको प्रयोगलाई लिएर कानूनी झमेलामा परेको छ।
यस शोलाई ‘चिकनी चमेली’ र ‘धत तेरे की’ जस्ता लोकप्रिय गीतहरू बिना अनुमति प्रयोग गरेको आरोपमा २ करोड भारतीय रूपैयाँ (भारु) को क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरिएको भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।
फोनोग्राफिक पर्फर्मेन्स लिमिटेड (पीपीएल इन्डिया) ले बिग बोस १९ का निर्माताहरूलाई कानूनी सूचना पठाएको छ। उक्त सूचनामा कार्यक्रमको ११ औं एपिसोडमा कट्रिना कैफको ‘चिकनी चमेली’ (अग्निपथ) र इमरान खानको ‘धत तेरे की’ (गोरी तेरे प्यार मेँ) फिल्मका गीतहरू अनुमति नलिई प्रयोग गरिएको उल्लेख छ।
सेप्टेम्बर ३ मा प्रशारण भएको एपिसोड ११ मा ती गीतहरू प्रयोग गरिएको थियो। पीपीएल इन्डियाले लोकप्रिय रियालिटी शो निर्माण गर्ने एन्डमोल शाइन इन्डियामाथि ‘अनिवार्य सार्वजनिक प्रदर्शन इजाजतपत्र’ नलिई गीतहरू प्रयोग गरेको आरोप लगाएको छ। अधिवक्ता हितेन अजय वासनले सेप्टेम्बर १९ मा पठाएको उक्त सूचनामा निर्माण कम्पनीका निर्देशक थोमस गौसेट, निकोलस चाजारैन र दीपक धरलाई जिम्मेवार पक्षको रूपमा उल्लेख गरिएको छ।
हिन्तुस्तान टाइम्सले कानूनी टोलीका एक स्रोतलाई उद्धित गर्दै जनाएअनुसार दुवै गीत सोनी म्युजिक इन्टरटेनमेन्ट इन्डियालाई लाइसेन्स दिइएको छ।
यसको सार्वजनिक प्रदर्शन अधिकार पीपीएलले विशेष रूपमा व्यवस्थापन गर्छ। एन्डमोल शाइन इन्डियाले प्रतिलिपि अधिकार ऐन १९५७ को धारा ३० अन्तर्गत लाइसेन्स नलिएकाले यो प्रयोग ‘जानाबुझी गरिएको उल्लंघन’ भएको पीपीएलको तर्क छ।
पीपीएलले शोका निर्माताहरूलाई २ करोड भारू क्षतिपूर्ति र आवश्यक लाइसेन्स शुल्क तिर्न माग गरेको छ। साथै, बिना अधिकार आफ्नो ध्वनि रेकर्डिङहरू प्रयोग नगर्न चेतावनी पनि जारी गरेको छ। यस विषयमा एन्डमोल शाइन इन्डिया र स्ट्रिमिङ प्लेटफर्म जियोहटस्टारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया