Techie IT
  • सोमबार, मंसीर १, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारवाणिज्य बैंकहरूको नाफा घट्यो,तीन महिनामा १३ अर्ब १५ करोड मात्रै कमाए

वाणिज्य बैंकहरूको नाफा घट्यो,तीन महिनामा १३ अर्ब १५ करोड मात्रै कमाए


काठमाडौँ । वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२ /८३ को तीन महिनासम्म आइपुग्दा बैंकको नाफा उल्लेख्य घटेको हो ।

बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

चालू आवको तीन महिनामा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले नाफा कमाएको छ । सो अवधिमा यस बैंकले १ अर्ब ८५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ रुपैयाँ खुद नाफा कमाएको थियो ।

ग्लोबलले सर्वाधिक नाफा कमाउँदा अन्य १४ बैंकको भने नाफामा गिरावट आएको छ । ग्लोबलसहित पाँच वटा बैंकको नाफा बढ्दा यो अवधिमा सिटिजन्स बैंकले २२ करोड ४ लाख नोक्सानी व्यहोरेको छ ।

चालू आवको तेस्रो त्रैमाससम्म पाँच बैंक अर्ब क्लबमा पुगेका छन् । यो अवधिमा एक अर्ब भन्दा बढी नाफा कमाउनेहरूमा ग्लोबलसहित नबिल बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कुमारी बैंक रहेका छन् ।



तपाईको प्रतिक्रिया