बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन
बंगलादेश । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ। जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । उनको निधन भएको बिएनपीको मिडिया सेलले पुष्टि गरेको हो।
पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको निधनले बङ्गलादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।
बिएनपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको सन्देशमा बिहान करिब ६ बजे, फज्रको नमाजपछि केही समयमै खालिदा जियाको निधन भएको उल्लेख छ। उनी पछिल्ला केही महिनादेखि अस्वस्थ थिइन् र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन्।
गत २५ डिसेम्बरमा उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए। उनको स्वदेश फिर्तीको पाँच दिन नबित्दै खालिदा जियाको निधन भएको हो।
चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्या पछि राजनीतिमा प्रवेश गरेकी थिइन्।
सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उनले बिएनपीको नेतृत्व सम्हालेकी थिइन्।
उनी सन् १९९१ मा उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्। बिएनपीले सन् १९९१ को निर्वाचन जितेपछि उनी प्रधानमन्त्री बनेकी थिइन् भने सन् २००१ मा पुनः सत्तामा फर्केर २००६ सम्म सरकारको नेतृत्व गरिन्।
बिएनपीले पछिल्ला तीन संसदीय चुनाव बहिस्कार गरेको थियो। सन् २०२४ मा शेख हसिनाविरुद्ध सुरु भएको आन्दोलनलाई खालिदा जियाले समर्थन गरेकी थिइन्। हाल बिएनपी बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दल मानिन्छ र आगामी चुनावमा सत्ता प्राप्त गर्ने सम्भावना रहेको चर्चा छ।
शेख हसिना प्रधानमन्त्री रहेका बेला खालिदा जिया जेलमा थिइन्। उनका छोरा तारिक रहमानलाई पनि विभिन्न मुद्दामा दोषी ठहर गरेको थियो।तर, मोहम्मद युनूसको नेतृत्वमा बनेको अन्तरिम सरकारले खालिदा जिया र तारिक रहमानलाई ती मुद्दाबाट उन्मुक्ति दिएको थियो।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया