नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या डरलाग्दो,सात लाखभन्दा बढी देखिए
काठमाडौँ । लागुऔषधको कुलतमा फस्नेमा १५ देखि २५ वर्ष उमेर समूहका युवा रहेको पाइएको छ । लागुऔषध कुलतले परिवार र समाजलाई नै आक्रान्त पार्न थालेपछि रोकथामका लागि सामूहिक प्रयास आवश्यक देखिएको हो ।
पछिल्लो पाँच वर्षमा लागुऔषध कारोबार, ओसारपसार र प्रयोग गुणात्मक रूपमा वृद्धि भएको पाइएको छ । आव २०७६/७७ मा लागुऔषध कारोबार र ओसारपसारमा संलग्न चार हजार ५४६ जना पक्राउ परेकामा १४९ जना विदेशी रहेका थिए । उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, अफिम, कोकिनलगायत तीन लाख ३५ हजार ७१० थान फर्मास्युटिकल ड्रग्स बरामद गरेको थियो ।
गत आव २०८१/८२ मा लागुऔषध कारोबारमा संलग्न पक्राउ पर्नेका सङ्ख्या करिब सात हजार र ४० लाख थान फर्मास्युटिकल ड्रग्स बरामद भएको थियो ।
लागुऔषध कारोबार बढ्दै जाँदा अधिकांश युवा पुस्ता नै दुव्र्यसनको सिकार बनिरहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा लागुऔषधको प्रयोगकर्ताको सङ्ख्या एक लाख ३४ हजार रहेको देखिए पनि सात लाखभन्दा बढी नेपाली लागुऔषधको प्रयोगकर्ता रहेको दाबी विभिन्न गैरसरकारी संस्थाले गर्दै आएका छन् ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया