मतदाता नामावली संकलन उत्साहजनक,एक लाख ४६ हजार नयाँ मतदाता थपिए
काठमाडौँ। निर्वाचन आयोग नेपालले नयाँ मतदाता दर्ता विवरण सार्वजनिक गरेको छ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ साल कात्तिक २१ गतेसम्म नयाँ दर्ता भएका कुल मतदाताको सङ्ख्या एक लाख ४६ हजार ६५७ जना छन् ।
यसमध्ये ८७ हजार हजार ९७४ जना पुरुष, ५८ हजार ६६३ जना महिला र अन्य २० जना छन्।
त्यसैगरी, कात्तिक २१ गते एकै दिन १० हजार ५९३ जना नयाँ मतदाता थपिएका छन् । जसमध्ये ६ हजार १०७ पुरुष, ४ हजार ४८४ महिला र अन्य २ जना थपिएको जानकारी प्रवक्ता भट्टराईले बताए ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता प्रक्रियालाई अझ सक्रिय र पारदर्शी बनाउन यस किसिमका तथ्यांकहरू सार्वजनिक गर्दै आएको छ।
आयोगका अनुसार मतदाता दर्ता प्रक्रिया भौतिक रूपमा आयोग कार्यालय तथा अनलाइनमार्फत समेत गर्न सकिन्छ। मतदाता दर्ता भएकाले मात्रै आगामी फागुन २१ को निर्वाचनमा आफ्नो मतदान अधिकार प्रयोग गर्न सक्नेछन्। नयाँ मतदाता नामावली संकलन गर्ने अवधि २०८२ कात्तिक ३० गतेसम्म छ ।
प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया