बाढी र पहिरोको क्षतिबाट ३ अर्ब ७८ करोडको बीमा दाबी
काठमाडौं: अघिल्लो महिना असोजको बाढी र पहिरोका कारण पुगेको क्षतिबाट बीमा कम्पनीमा तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको छ । गएको असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो ।
बीमा प्राधिकरणका अनुसार कुल चार सय ३४ वटा बीमा दाबीको आवेदन परेको छ । सम्पत्ति बीमा, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, कृषि तथा बाली बीमा, मोटर बीमालगायतको आवेदन परेको छ । कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।
सबैभन्दा धेरै एक सय ९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाण्डौमा ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार गएको भदौ २३ र २४ गतेको जेन–जीआन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँबराबरको बीमा दाबीको आवेदन परेको छ । यस्तै, गएको असारको बाढीरपहिरोका कारण भएको क्षतिको ९८ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको थियो ।
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया