ऋणका कारण घर लिलामी हुने डर, बैंकभित्र आत्मदाह प्रयास
सुनसरी । पछिल्लो समय ऋण तिर्न नसक्दा आत्महत्या वा आत्मदाह प्रयास गर्ने घटनाहरू बढ्दै जाँदा समाजमा गम्भीर चिन्ता र त्रास फैलिएको छ। यसै बिच आज सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्र एक ऋणीले आत्मदाह प्रयास गरेका छन्।
इटहरी–आइतबारेका लालबहादुर पौडेलले एनआईसी एसिया बैंकको इटहरी शाखा कार्यालयभित्र आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्न खोजेका थिए। उनीे बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए। तर समयमै बैंकका कर्मचारी र दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’का सदस्यहरुले उनलाई जोगाएका छन्।
प्रारम्भिक जानकारीअनुसार पौडेलले इटहरीमा रहेको आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएका थिए।
झापामा मदिरा फ्याक्ट्री सञ्चालनका लागि ब्याज दिने सहमतिमा साढे दुई करोड रुपैयाँमा जग्गा धितो राखिएको भए पनि ब्याज र किस्ता नपाएको पौडेलको भनाइ छ। पछि सो जग्गा बैंकको लिलामी प्रक्रियामा गएपछि आफू अत्यधिक तनावमा परेको उनले बताएका छन्।
बैंकले बोलाएपछि पौडेल दुर्गा प्रसाईं निकट केही कार्यकर्तासहित बैंक पुगेका थिए। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार बैंकभित्र आगो लगाउने प्रयास भएको विषयमा अनुसन्धान भइरहेको छ।
विशेषज्ञहरूका अनुसार पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारी, उच्च ब्याजदर र बैंकिङ दबाबका कारण धेरै मानिस मानसिक तनावमा परिरहेका छन्। ऋण नतिर्न नसक्दा आत्महत्या गर्ने वा आत्मदाहजस्ता चरम कदम चाल्ने घटना बढ्नु समाजका लागि गम्भीर चेतावनी भएको उनीहरू बताउँछन्।
यस किसिमका घटनाले केवल सम्बन्धित व्यक्ति मात्र होइन, परिवार र समग्र समाजलाई नै त्रसित बनाएको छ। जस्का कारण यस्ता घटनालाई कम गर्न र समाजलाई भयरहित राख्न आर्थिक समस्या समाधानका लागि संवेदनशील नीति, कर्जा व्यवस्थापनमा लचिलोपन र मानसिक स्वास्थ्य सहयोग अपरिहार्य भएको देखिएको छ ।
ताजा अपडेट
- आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : उत्पादित ‘अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा
- साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
- पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध
- चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
- सिसी क्यामेराको निगरानीमा भरतपुर
- सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला
- धोबीघाटको ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा
- अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया