टि–२० विश्वकपको ट्रफी शीतलनिवासमा सार्वजनिक
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी नेपाल ल्याइएको छ । सोमबार आइपुगेको टी–२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु गरिएको छ ।
सोमबार (पुस २१) राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफीलाई सार्वजनिक गरेका हुन् । राष्ट्रपति पौडेलसँगै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त रुपमा ट्रफी प्रदर्शनी गरेका थिए।
क्यानका अनुसार यही पुस २१ देखि २३ गतेसम्म नेपाल ट्रफी टुर हुनेछ । भारत र श्रीलंकामा आगामी माघ २४ देखि सुरु हुने विश्वकपअघि भारत र श्रीलंकासहित कतार, ओमान, नेपाल, बहराइन र मङ्गोलियामा टी–२० विश्वकपको ट्रफी लैजाने कार्यक्रम छ ।
२० टिमले भाग लिने टी–२० विश्वकपको १०औँ संस्करणमा सन् २०२६ फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुनेछ। समूह ‘सी’ मा रहेको नेपालले आफ्नो समूहका इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग खेल्ने छ ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया