बालेन आज पहिलो पटक घण्टीघर प्रवेश गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ आज पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय ‘घण्टीघर’ प्रवेश गर्ने भएका छन्।
रास्वपामा वरिष्ठ नेताका रूपमा चयन भएका मेयर शाहलाई आज पार्टी केन्द्रीय कार्यालयमा औपचारिक स्वागत गरिने भएको छ । उनी दिउँसो २ बजे बस्न लागेको केन्द्रीय समितिको बैठकमा भाग लिन पहिलो पटक घण्टीघरमा प्रवेश गर्न लागेका हुन् ।
उक्त बैठकमा भाग लिएपछि रास्वपा सभापति रवि लामिछाने र बालेन्द्रसहितका नेताहरू साँझ ५ बजे मधेश प्रदेशको राजधानी जनकपुर पुग्दैछन् ।
त्यहाँबाट रवि र बालेन्द्रले चुनावी प्रचार अभियान थाल्ने भएका छन् । बालेन्द्र झापा ५ र रवि चितवन २ बाट फागुन २१ गतेको चुनाव लड्ने तयारीमा छन् ।
गत पुस १३ गते रास्वपामा प्रवेश गरेका बालेन्द्र त्यसयता घण्टीघरमा पुगेका छैनन् । आफ्ना २६ जना सहयोगीलाई रास्वपामा प्रवेश गराइसकेका उनी घण्टीघरमा पुगेर औपचारिक रुपमा दलीय राजनीतिमा लाग्ने भएका छन् ।
तर उनले काठमाडौंको मेयरबाट राजीनामा दिने नदिने केही खुलेको छैन । सम्भवतस् उनले मेयर पदबाट राजीनामा नदिई झापा या काठमाडौंमा मंगलबार उम्मेदवारी मनोनयन गर्ने भएका छन् ।
ताजा अपडेट
- सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
- बुधबारदेखि वर्षा कम हुने
- सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने
- ‘ग्रिन रन’ आयोजना गर्दै कांग्रेस
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
- च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन
- पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध
- धनगढीको नीतिः अभियानबाट विकास, सहभागिताबाट समृद्धि
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया