भारतको लालकिल्लामा कार विस्फोट, कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी।भारतको राजधानी नयाँदिल्लीको व्यस्त क्षेत्र लालकिल्लास्थित मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । हुन्डाईको आई २० कार विस्फोट घटनाबारे भारतीय सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् । मृतक केहीको सनाखत भएको छ ।
घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोेरेन्सिक साइन्स ल्याब (एफएसएल), नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)लगायत एजेन्सीहरूले अनुसन्धान थालेका छन् । दिल्ली पुलिसका आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन् । तर, विस्फोट आंतकवादी हमला भए–नभएको भारतीय सरकारले घोषणा गरेको छैन ।
लालकिल्ला चोकको ट्राफिक बत्तीमा रोक्न धिमा गतिमा रहेको हरियाणा राज्यको नम्बरप्लेट रहेको कारमा विस्फोट भएको थियो । गोल्छाका अनुसार कारमा अन्य यात्रु पनि सवार थिए । विस्फोटमा आसपासका अन्य गाडी पनि क्षतिग्रस्त भएका छन् ।
दिल्ली प्रहरी र गुरुग्राम प्रहरीले कारधनी भनिएका मोहम्मद सलमानलाई नियन्त्रणमा लिएर कारसम्बन्धी सोधपुछ गरेका छन् । सलमानले उक्त कार ओखलामा बस्ने देवेन्द्र नामका व्यक्तिलाई बेचेकोे र उनले पनि अम्बालामा कुनै अन्य व्यक्तिलाई बिक्री गरेको खुल्न आएको छ । प्रहरीले ती सबैको खोजी गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार २४ जना घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया