भारतको लालकिल्लामा कार विस्फोट, कम्तीमा १३ जनाको मृत्यु
एजेन्सी।भारतको राजधानी नयाँदिल्लीको व्यस्त क्षेत्र लालकिल्लास्थित मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । हुन्डाईको आई २० कार विस्फोट घटनाबारे भारतीय सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् । मृतक केहीको सनाखत भएको छ ।
घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोेरेन्सिक साइन्स ल्याब (एफएसएल), नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)लगायत एजेन्सीहरूले अनुसन्धान थालेका छन् । दिल्ली पुलिसका आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन् । तर, विस्फोट आंतकवादी हमला भए–नभएको भारतीय सरकारले घोषणा गरेको छैन ।
लालकिल्ला चोकको ट्राफिक बत्तीमा रोक्न धिमा गतिमा रहेको हरियाणा राज्यको नम्बरप्लेट रहेको कारमा विस्फोट भएको थियो । गोल्छाका अनुसार कारमा अन्य यात्रु पनि सवार थिए । विस्फोटमा आसपासका अन्य गाडी पनि क्षतिग्रस्त भएका छन् ।
दिल्ली प्रहरी र गुरुग्राम प्रहरीले कारधनी भनिएका मोहम्मद सलमानलाई नियन्त्रणमा लिएर कारसम्बन्धी सोधपुछ गरेका छन् । सलमानले उक्त कार ओखलामा बस्ने देवेन्द्र नामका व्यक्तिलाई बेचेकोे र उनले पनि अम्बालामा कुनै अन्य व्यक्तिलाई बिक्री गरेको खुल्न आएको छ । प्रहरीले ती सबैको खोजी गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार २४ जना घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया