दशौं राष्ट्रिय खेलकुद फागुनमा हुने,६३ करोड बजेट विनियोजन
काठमाडौं ।सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनको पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रतियोगिताका लागि ६३ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रतियोगिताका लागि ५४ करोड विनियोजन गरेको थियो । तर, सोमवारको निर्णयसँगै प्रतियोगिताको बजेट ६३ करोड पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को गएको बुधवार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको १ देखि ७ गते आयोजना गर्ने निर्णय गरेको थियो । खेलकुदमन्त्री भएर आएपछि पहिलो बोर्ड बैठकबाट बब्लु गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्णय गराउनुभएको थियो ।
२०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदको झन्डा लिएको थियो । हरेक दुई वर्षमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद गएको वर्ष आयोजना हुन सकेन ।
ताजा अपडेट
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
- आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
- दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
- नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड
- वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
- यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
- मातातीर्थमा मातृभक्तको भीड
- यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया