Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठखेलकुददशौं राष्ट्रिय खेलकुद फागुनमा हुने,६३ करोड बजेट विनियोजन

दशौं राष्ट्रिय खेलकुद फागुनमा हुने,६३ करोड बजेट विनियोजन


काठमाडौं ।सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुनको पहिलो हप्ता आयोजना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले आउँदो फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रतियोगिताका लागि ६३ करोड बजेट छुट्टाउने निर्णय गरेको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रतियोगिताका लागि ५४ करोड विनियोजन गरेको थियो । तर, सोमवारको निर्णयसँगै प्रतियोगिताको बजेट ६३ करोड पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को गएको बुधवार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको १ देखि ७ गते आयोजना गर्ने निर्णय गरेको थियो । खेलकुदमन्त्री भएर आएपछि पहिलो बोर्ड बैठकबाट बब्लु गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्णय गराउनुभएको थियो ।

२०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदको झन्डा लिएको थियो । हरेक दुई वर्षमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद गएको वर्ष आयोजना हुन सकेन ।



तपाईको प्रतिक्रिया