अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगायो
काठमाडौं । इरानकोे ब्यालेस्टिक मिसाइल कार्यक्रममा जोडिएको भन्दै अमेरिकाले भारतसहित सात देशका ३२ कम्पनीलाई प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध लगाइएका देशहरुमा चीन, हंगकग, यूएई, टर्की, ईरान, भारतसहितका देश रहेका छन् ।
अमेरिकाको विदेश विभागले यी देशका केही व्यक्ति र संस्थाले ईरानको मिसाइल तथा मानवरहित हवाई उडान निर्माण कार्यमा सहयोग गरेको आरोप लगाएको छ ।
इरानले आफ्नो परमाणु प्रतिवद्धता उल्लंघनको जवाफ स्वरुप यी देशहरुमाथी प्रतिबन्ध लगाइएको अमेरिकी दाबी छ । प्रतिबन्ध लगाइएका सस्थाहरुमा भारतको फार्मलेन प्राइवेट लिमिटेड पनि रहेको छ । जसलाई यूएई स्थित एक फर्मसगै मिलेर सोडियम क्लोरेट र सोडियम परक्लोरेट जस्ता सामग्रि आपुर्तिमा सहयोग गरेको आरोप लगाइएको छ ।
अमेरिकी अधिकारीहरुले इरानको आणविक केन्द्रलाई सहयोग पुर्याउने जुनसुकै देश तथा संस्थामाथि अमेरिकाले निगरानी राख्ने बताएका छन ।
ताजा अपडेट
- भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
- सुनचाँदीको मूल्यमा सामान्य गिरावट
- राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
- उत्तर कोरियाको आणविक दौड तीव्र
- एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
- ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
- हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
- घरायसी विवादमा श्रीमतीको हत्या
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी


तपाईको प्रतिक्रिया