पर्यटन प्रवर्द्धनका लागि १८५ किमी साइकल यात्रा
झापा, २ चैत : स्वस्थ जीवनशैली र साइकल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ५० जना युवाले झापाको १२ स्थानीय तहमा तीन दिवसीय साइकलयात्रा आज पूरा गरेका छन् । झापा साइकल क्लबको आयोजना र पर्यटन कार्यालय काँकडभिट्टाको सहयोगमा फागुन ३० गते प्रारम्भ भएको यात्रा आज सम्पन्न भएको हो । पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकृत निरोज कट्टेलका अनुसार ‘घुमौँ झापा–२०८२’ अन्तर्गत नेपाल र भारतका साइकलयात्रीले १२ वटा स्थानीय तहको १८५ किलोमिटर दूरी साइकलबाट पार गरेका छन् । साइकलयात्रीले घुम्ने क्रममा हरेक स्थानीय तहमा रहेका पर्यटकीयस्थल र धार्मिकस्थलको अवलोकन गरेका थिए । विभिन्न जातजातिका संस्कार र संस्कृतिका बारेमा समेत सो अवसरमा साइकलयात्रीले स्थलगत रूपमा जानकारी लिएका थिए । केही वर्षयता झापामा स्वास्थ्यका लागि साइकलयात्रा गर्ने र यात्रीहरू सङ्गठित हुने क्रम बढेको छ । जिल्लाभरका साइकलयात्रीले क्लब गठन गरेका छन् । साइकलबाट यात्रा गर्दा शारीरिक व्यायाम हुने र पर्यावरणमा प्रदूषण न्यूनीकरण गर्न सघाउ पुग्ने विषयमा साइकलयात्रीले स्थानीयवासीलाई जानकारी गराएका थिए ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया