खुलामञ्च सबैका लागि खुला गर्ने बालेनको तयारी
काठमाडौं । काठमाण्डौ महानगरपालिकाले खुलामञ्च सबैका लागि सधैँका लागि खुला गर्ने तयारी गरेको छ ।
भूकम्पपछि वीर अस्पताल, दरबार हाईस्कूल जस्ता संरचना पुनर्निर्माणका सामग्री राख्ने, काठमाण्डौ टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुलामञ्चलाई पुनर्निर्माण तथा सजावटको काम गरेर खुला गर्न तयार पारिरहेको हो ।
खुलामञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखाबड मिलाइएको ठाउँमा नेपाली दुबो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत–सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रम अन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुलामञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि झन्डै ९० लाख रुपियाँ खर्च भएको छ ।
चउरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग बनाइएको छ । पैदल मार्गमा २१ वटा बिजुलीका पोल राखिएका छन् । यी बत्तीहरू रातमा बल्छन् र दिनमा आफैँ निभ्छन् । खुलामञ्च २३ हजार ४ सय १५ वर्गमिटर क्षेत्रमा फैलिएको छ ।
ताजा अपडेट
- आगलागीबाट दुई जनाको मृत्यु
- भोजपुर गोल्डकपः एपिएफ र भोजपुर सेमिफाइनलमा
- मेरिकी सहायक विदेशमन्त्री र सूचना प्रविधि क्षेत्रका लगानीकर्ताबीच छलफल
- रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
- वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई
- काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी
- पच्चीस सय वर्ष पुरानो चण्डेश्वरी जात्राः देवताको रक्षार्थ खुसीयालीको पर्व
- आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल


तपाईको प्रतिक्रिया