एनपीएल क्रिकेट मंसिर १ गतेदेखि, सबै तयारी सकियो
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ क्यानले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।
एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ। पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे–नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै १ करोड १० लाख कायम राखिएको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो। यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन्।
एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन्। खेल अपराह्न ४ बजेदेखि सरु हुनेछ।
ताजा अपडेट
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै
- उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
- अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
- पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने
- संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया