Techie IT
  • आईतबार, कात्तिक ३०, २०८२ / Monday, November 17, 2025
गृहपृष्ठमुख्य समाचारसुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो

सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ तोलामा झण्डै सात हजार रुपैयाँ घटेको छ।

आज सुन तोलामा ६ हजार नौ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुन २ लाख ४९ हजार ७ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको भाउ आज तोलाको १५० रुपैयाँले घटेर ३१ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया