केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाकै काँधमै अडिएको बताएका छन् । भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसा समेत नदिने बदनाम स्थितिमा पुगिसकेको टिप्पणी गरे।
उनले भने, ‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’ उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनु पर्ने बताएका छन् । युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।
‘यो देश हाम्रो हो हामीले बनाउनु पर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्वहरूले जलाएका हुन्’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति संकेत गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नु पर्छ ।’
कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ओलीले हिम्मत नहारी, हरेस नखाई अघि बढ्न भनेको भेटमा सहभागी अनेरास्ववियुका एक नेताले जानकारी दिए । उनका अनुसार ओलीलाई भेट्न पार्टीका केन्द्रीय र जिल्ला तहका नेता एवं कार्यकर्ता पुगेका थिए । त्यस्तै, विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू पनि ओली निवास पुगेका थिए । उनीहरूसँग दसैँको शुभकामना आदानप्रदान गर्दै ओलीले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सहभागी ती नेताका अनुसार ओलीले जिम्मेवार नागरिकले देश कता जाँदैछ भन्ने बुझ्नुपर्ने तर्क गरेका छन् । उनले युवाहरू भिडको पछि नभई राष्ट्रप्रति जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले सामाजिक सञ्चालमार्फत तत्काल धारणा बनाउने प्रवृत्तिको अन्त्य गर्न सुझाव समेत दिएका थिए । ‘अहिले नयाँ पुस्ता विखण्डित हुन पुगेको छ । हामी एकतामा विश्वास गर्ने हौँ भनेर बुझाउनु छ,’ ओलीले कार्यकर्तामाझ भनेका छन्, ‘राष्ट्रिय सम्पत्ति र सम्पदाप्रति जवाफदेही पुस्ता बनाउनु अपरिहार्य छ ।’
ताजा अपडेट
- चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
- खाडीमा बढ्दो द्वन्द्वले नेपाली श्रमिक चिन्तित, सतर्क रहन सरकारको आग्रह
- पाकिस्तान र अफगानिस्तानबीच ‘खुला युद्ध’ सुरु: काबुलसहित प्रमुख सहरमा भीषण बमबारी
- प्रतिनिधिसभा निर्वाचन: देशभर २ लाख २१ हजार कर्मचारी परिचालन, तयारी अन्तिम चरणमा
- निर्वाचन खर्चमा कडाइ: उम्मेदवारका परिवारको बैंक खातासमेत आयोगको निगरानीमा
- देशभर ४३औँ मगर एकता दिवसको रौनक: विभिन्न स्थानीय तहमा सार्वजनिक बिदा
- शुक्लाफाँटामा पहिलोपटक ‘मदना चाँचर’ फेला: चरा संरक्षणमा नयाँ उत्साह
- ४८ थान राहदानीसहित विमानस्थलबाट एक महिला पक्राउ
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- सागर ढकाल फेरि डडेल्धुराबाट चुनाव लड्ने
- ओलीको किल्लामा बालेनको ‘वार’, सुरु भयो दल बदलको चाल
- चुनावअघि नै प्रधानमन्त्रीको दौड, चार अनुहार मैदानमा


तपाईको प्रतिक्रिया