केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाकै काँधमै अडिएको बताएका छन् । भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न पुगेका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल अरू देशले भिसा समेत नदिने बदनाम स्थितिमा पुगिसकेको टिप्पणी गरे।
उनले भने, ‘नेपालीलाई अहिले भिसा नदिने भइसके, काम नदिने अवस्था भइसक्यो । नेपाल बदनाम अवस्थामा छ ।’ उनले नेपाल इमानदार र कर्मठ मानिसहरूको देश रहेको भन्ने बनाउनु पर्ने बताएका छन् । युवाहरूले निराश नभई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्ने ओलीको भनाइ थियो ।
‘यो देश हाम्रो हो हामीले बनाउनु पर्छ । अहिले कसले जलायो थाहा छैन । देश र इतिहासलाई माया गर्ने मान्छेले पक्कै सिंहदरबार जलाएन । अरू नै कुनै घुसपैठ गर्ने तत्वहरूले जलाएका हुन्’ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति संकेत गर्दै भने, ‘जो पहिल्यैदेखि भन्दै थिए सिंहदरबार जलाउँछु भनेर । योजनाबद्ध काम हो यो । यस्तो कुरा हामीले बुझ्नु पर्छ ।’
कठिन परिस्थितिमा पनि हरेस नखाई संघर्षमा अघि बढ्न र बाह्य हस्तक्षेप र षड्यन्त्रलाई बुझेर, दृढतापूर्वक राष्ट्रिय हितमा अडिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । ओलीले हिम्मत नहारी, हरेस नखाई अघि बढ्न भनेको भेटमा सहभागी अनेरास्ववियुका एक नेताले जानकारी दिए । उनका अनुसार ओलीलाई भेट्न पार्टीका केन्द्रीय र जिल्ला तहका नेता एवं कार्यकर्ता पुगेका थिए । त्यस्तै, विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरू पनि ओली निवास पुगेका थिए । उनीहरूसँग दसैँको शुभकामना आदानप्रदान गर्दै ओलीले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
सहभागी ती नेताका अनुसार ओलीले जिम्मेवार नागरिकले देश कता जाँदैछ भन्ने बुझ्नुपर्ने तर्क गरेका छन् । उनले युवाहरू भिडको पछि नभई राष्ट्रप्रति जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले सामाजिक सञ्चालमार्फत तत्काल धारणा बनाउने प्रवृत्तिको अन्त्य गर्न सुझाव समेत दिएका थिए । ‘अहिले नयाँ पुस्ता विखण्डित हुन पुगेको छ । हामी एकतामा विश्वास गर्ने हौँ भनेर बुझाउनु छ,’ ओलीले कार्यकर्तामाझ भनेका छन्, ‘राष्ट्रिय सम्पत्ति र सम्पदाप्रति जवाफदेही पुस्ता बनाउनु अपरिहार्य छ ।’
ताजा अपडेट
- मेक्सिकोमा विरोध प्रदर्शन हिंसात्मक, १२० जना घाइते
- मंसिरका लागि पनि धेरैजसो वाणिज्य बैंकहरुले ब्याजदर घटाए
- कश्मीरको प्रहरी चौकीमा विस्फोटः ९ जनाको मृत्यु
- सरकार गठनको विरुद्धमा सात राजनीतिक दल आज पनि आन्दोलनमा
- मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सुनुवाइ हुँदै
- विदेशबाटै भोट दिन पाउने व्यवस्था हुँदै,मतदान केन्द्र तोक्न अध्यादेशको तयारी
- गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक,निर्वाचन केन्द्रित हुने
- सुनको मूल्यमा भारी गिरावट,एकैदिन ६ हजार ९ सय घट्यो
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- आज मध्यम वर्षाको सम्भावना
- भारतको बिहारमा पहिलो चरणको मतदान सम्पन्
- रास्वपा छाड्ने बढे,सन्तोष परियार पनि बाहिरिए
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- उच्च मनोवलका साथ कार्यसम्पादन गर्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन


तपाईको प्रतिक्रिया