चार करोड ११ लाखमा मोहना नदीमा तटबन्ध निर्माण
टीकापुर, १५ चैतः वर्षौँदेखि नदी कटानको त्रासमा रहेका कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण भएको छ । मोहना नदीमा रु चार करोड ११ लाखमा ६८० मिटर लामो बिगबोल्डर (ठूला ढुङ्गाको प्रयोग गरी) तटबन्ध निर्माण भएपछि स्थानीयले त्रास कम भएको प्रतिक्रिया दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले रु चार करोड ११ लाख लागतमा तटबन्ध निर्माण सम्पन्न गरेको जनाएको छ । बर्खायामका साथै हिउँदमा पनि बर्सेनि कटान हुने गरेकामा तटबन्ध निर्माण भएपछि कटानको समस्या रोकिएको थानीय खडग धामीले बताउनुभयो । “कटानले नेपाल-भारत सीमामा रहेका १०५ नम्बर पिलरसमेत जोखिममा परेका थिए । बर्खामा कतिबेला घर बगाउने हो, भन्ने त्रास हुन्थ्यो । रातिको समयमा त्रासका कारण स्थानीय अनिदो बस्नुपर्ने बाध्यता थियो । यसपटक निद्रा लाग्ने भयो”, उहाँले भन्नुभयो, “सयाैँ बिघा जमिन नदीले कटान गर्दा कतिपय परिवार विस्थापित भएका छन् ।” लालपूर्जा हातमा भएको जमिनमा यतिखेर नदी बगिरहेको बताउँदै धामीले यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए अधिकांश परिवार विस्थापित हुनुपर्ने अवस्था नआउने धारणा राख्नुभयो । उहाँका अनुसार तटबन्ध निर्माणका लागि पटकपटक मन्त्रालय र स्थानीय निकायलाई आग्रह गरेपछि काम भएको हो । तटबन्ध बनेपछि भारतको वैष्णेदेवी मन्दिरमा दर्शन गर्न जान तथा त्यहाँबाट पर्यटक यता आउन पनि सहज भएको स्थानीय रणसिंह धामीले बताउनुभयो । गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरका इञ्जिनियर उत्तम सुवेदीले बताउनुभयो । पूर्वप्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेले भन्नुभयो, “यहाँका नागरिकले लामो समयदेखि तटबन्धको माग गरिरहनुभएको थियो, विगतमा गरिने जस्तो तटबन्ध टिकाऊ नहुने भएकाले अहिले ठूला ढुङ्गाको प्रयोग गरी बनाइएको छ । नदीले कटान र डुवानबाट पीडित भएका स्थानीयले राहत महसुस गरेका छन् ।” सुक्खायाममा पनि कटानको समस्याले स्थानीय सास्ती र त्रासमा रहेकामा अब समस्या समाधान भएको न्यौपानेले धारणा राख्नुभयो । “सरकारले जनताको वास्तविक आवश्यक्ता पहिचान गरेर विकास गर्ने हो भने मात्र जनतालाई लाभ पुग्छ”, उहाँले भन्नुभयो । मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ धकेलिएको स्थानीय बताउँछन् । नदीपारी नेपाली भूमि धकेलिएपछि नेपाली नागरिकले त्यहाँ गएर खेतीसमेत गर्न सकेका छैनन् । भारतीय नागरिकले नेपाली भूमि नदीपारी हुँदा उपभोग गर्दै आएका स्थानीय वीरबहादुर चौधरीले बताउनुभयो । कैलालीमा कर्णाली, मोहनालगायत नदीले बर्सेनि सयौँ बिघा जमिन कटान गर्दै आएका छन् । कर्णाली नदीले धार परिवर्तन गर्दा टीकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा पर्दै आएका हुन् । टीकापुर नगरपालिका-२, ५, ७, ८ कर्णाली नदीबाट हुनसक्ने कटानको जोखिममा छन् । यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाले करिब १२ ठाउँमा तटबन्ध निर्माण गरेको छ । आयोजनाले अगाडि तटबन्ध गर्दै जाने, नदीको धार परिवर्तन भएकाले पछाडि कटान हुँदै जाँदा नदी नियन्त्रणमासमेत समस्या भएको जनाएको छ । नदी नियन्त्रणका लागि अहिलेको अवस्था अनुसार दीर्घकालीन समस्या समाधान हुने खालको तटबन्ध निर्माणमा योजना बनाएरमा कटानबाट हुने क्षतिबाट बस्ती जोगाउन सकिने स्थानीय चौधरीले धारणा राख्नुभयो ।
ताजा अपडेट
- त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त
- आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
- रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि गरिँदै
- विपद्पछि पुनर्निर्माण होइन, विपद् सहन सक्ने नेपाल बनाउनुपर्छ : कानुनमन्त्री गौतम
- नेपाल-चीन व्यापारको मुख्य खम्बा रसुवागढी : अर्बौं लगानी बग्दा भविष्य अनिश्चित
- बाढीमा भाग्यले बाँचेका एउटै गाउँका पाँच जना अटो चढेर घर फर्किए
- हेटौंडा–काठमाडौं सवारीमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
- बेत्रावतीको एउटै घरमा भेटिए २० भन्दा बढी शव
धेरैले पढेको
- स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सव हुँदै
- रामेछापको सुनापाती गाउँपालिकामा सडक निर्माणमा चरम भ्रष्टाचार भएको स्थानीयकोआरोप
- समानुपातिक बन्दसूचीमा ‘मनपरी’, सडकमा महिलाहरूको खबरदारी
- सशस्त्रको गोली लागेर सफारी चालकको मृत्यु, सुनसरीमा तनाव
- महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
- कोरिया जान नपाएकाको पक्षमा मन्त्रालयका तीन निर्णय
- हिमाचल आगलागी :९ नेपाली सम्पर्कविहीन, ३ जनाको मृत्यु
- औषधि व्यवस्था विभागले भन्यो- ‘लेभोफ्क्स-५००’ ट्याबलेट बजारबाट फिर्ता गर्नुहोस्


तपाईको प्रतिक्रिया